अराज बेल्बासे अर्घाखाँची, २८ पुस अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनमा नगरपालिकाको समग्र विकास, सेवा प्रवाहको वर्तमान अवस्था, चालु आर्थिक वर्षका नीति तथा कार्यक्रमसहित समसामयिक राजनीतिक, सामाजिक र विकाससम्बन्धी विषयमा गहन छलफल गरिएको छ।नगरसभामा हालसम्म सञ्चालन तथा सम्पन्न भएका विकास निर्माणका योजना, सेवा प्रवाहमा भएका सुधार र देखिएका चुनौतीहरूको…