कपिलवस्तु, १ असोज नेकपा (एमाले) कपिलवस्तु जिल्ला सचिवालयको १३औँ बैठक तौलिहवामा सम्पन्न भएको छ। बैठकले पार्टी जागरण अभियानको समीक्षा, भोटेकोशी बाढीपीडितलाई सहयोग, पार्टी सदस्यता नवीकरण तथा संविधान दिवस मनाउने लगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको छ। बैठकमा एमाले केन्द्रीय सदस्य गिरधारीलाल न्यौपाने, पूर्व पोलिटब्युरो सदस्य बिमला घिमिरे, केन्द्रीय निर्वाचन आयोगका सदस्य झविलाल पोखरेल, लुम्बिनी प्रदेश कमिटी…