साउन ३,पहिरो गएका कारण राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड अवरुद्ध भएको छ । दाङ–सल्यान सडक खण्डको चोरखोला नजिकै पहिरो जाँदा सडक ठप्प भएको हो । पहिरोसँगै माथिबाट ठूलो ढुङ्गा खसेपछि सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।गएरातिदेखि नै पहिरो हटाउन प्रयास भइरहे…