कपिलवस्तु, ०९ कार्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २, पिपरास्थित हिलवर्ट ईङलिश बोर्डिङ स्कुलले शनिबार नतिजा प्रकाशनसँगै विज्ञान प्रदर्शनीको आयोजन गरेको थियो। यस अवसरमा विद्यार्थी र अभिभावकहरूको भीड विद्यालय परिसरमा देखिन्थ्यो। प्रदर्शनीमा विभिन्न विज्ञानसम्बन्धी सामग्रीहरू सजाइएको थियो, र विशेषगरी प्राङ्गणको उत्तरतर्फको भीडले तोप प्रदर्शनको आकर्षण थपेको थियो। कक्षा १० का विद्यार्थी नवीन बुढाथोकी, सिद्धान्त…