घोराही २२ कात्तिक । दाङको घोराही सिमेन्ट उद्योगको खानी उत्खनन बन्द हुँदा उद्योगसँगै कामदार समस्यामा परेका छन्। १० महिनादेखि चुनढुङ्गा निकाल्ने काम रोकिएको छ।सम्झौता बमोजिम उद्योगले घोराही–मुर्कुटी सडकखण्डको तापा चोकदेखि चुनढुङ्गा खानीसम्मको तीन किलोमिटर सडक कालोपत्रे नगरेको भन्दै बङ्गलाचुली गाउँपालिकाले गत वर्षको पुस १ गतेदेखि टिप्पर सञ्चालनमा रोक लगाइएको हो। टिप्पर चल्न नपाएपछि चुनढुङ्गा निकाल्ने…