शैलेन्द्र श्रेष्ठ रुपन्देही, २५ चैत । कोभिड महामारीका बेला खस्किएको लुम्बिनीको पर्यटन क्षेत्र बिस्तारै लयमा आउन थालेको छ । पछिल्लो तीन महिनामा लुम्बिनीमा करिव ९० हजार पर्यटक भित्रिएका छन् । यद्यपि लुम्बिनी आएका पर्यटक भने बस्दै नबसी फर्कने क्रम रोकिएको छैन । बुद्ध जन्मस्थल लुम्बिनीमा अहिले तेस्रो मुलुकका पर्यटकको चहलपहल बढेको छ ।लुम्बिनी विकास कोषले…