नेपालगञ्ज १२ चैत्र । बाँके प्रहरीले कोहलपुरको एक होटलबाट १२ किलो चरेशसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १२, चप्परगौडीको न्यू सुदूरपश्चिम बाजुरा स्टाफ होटलको कोठा नम्बर १०१ बाट प्रहरीले १२ किलो चरेशसहित रोल्पाका रुद्रबहादुर बुढा र रुकुम पूर्वका रवि पुनलाई नियन्त्रणमा लिएको हो ।चरेशको कारोबार भइरहेको विशेष सूचना पाएको प्रहरी कोठामा…