काठमाडौं ६ माघ। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथी हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले बताए । निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ति बिरामीलाई बुटवलमा गरिएको पीसीआर जाँच नेगेटिभ थियो । सोही कारण उनलाई…