बुटवल,६ कार्तिक। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइएको बहुमूल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा नगर परिक्रमा गराइएको छ। म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा आइपुगेको उक्त मूर्तिलाई शनिबार भैरहवा र लुम्बिनी क्षेत्रका व्यवसायिक संघसंस्थाहरूले भव्य स्वागत गर्दै नगर परिक्रमा गराएका हुन्। सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा तथा विभिन्न संघ संस्थाहरूको अगुवाईमा भैरहवा भन्सार परिसरबाट शोभा कलश…