कपिलवस्तु १३ पुस। नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल बलदेबले जनताले दिएको मतलाई सम्मान गर्नुपर्ने बताउनुभयो । जनताले बहुमत सहित सरकारमा पठाएकोले कुशलतापूर्वक सरकार संचालन गरी नागरिकहरुका आंकाक्षा अनुसार काम गर्ने दायित्व नेपाल कम्युनिष्ट पार्टीको रहेकोले यसमा कसैले अवरोध गर्न नहुने बताउनुभयो । आईतवार नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले गोरुसिंगेमा…