बर्दिया २३ चैत्र । बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । गैँडा गणना गरेर फर्कने क्रममा माहुते पुलिसराम थारु हात्तीका लागि घाँस लिन जाने क्रममा बाघको आक्रमणबाट ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिनुभयो ।मृतक थारुको घर ठाकुरबाबा नगरपालिका वडा नम्बर नौ बुतकौवामा पर्छ । यस वर्ष…