कपिलवस्तु, ३० बैशाख । विश्वव्यापी महामारीको रुपमा २१२ राष्ट्र र २ वटा पानी जहाजमामा फैलिएको कोरोना कहरले बुद्ध क्रिडाभूमि कपिवस्तु जिल्ला सिल गरिएको छ । कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला सुरक्षा समन्वय समितिको बैठकले जिल्ला शील गर्ने निर्णय गरेको हो । प्रशासनको निर्णयसँगै सोमबार साँझ ५ः०० बजेदेखि जिल्लाका सडक र वस्ती सुनसान बनेका छन्…