प्रदेश

प्रदेश ५मा कोराना उपचारमा मासिक ६ करोड खर्च



बुटवल १८ भदौ। प्रदेश ५ सरकारले कोरोना रोकथाम र नियन्त्रणमा सरदर मासिक ६ करोड खर्च गरेको विवरण प्राप्त भएको छ । गत चैत्रदेखि अहिले सम्म ३४ करोड ३८ लाख रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक भएसंगै मासिक सरदर ६ करोड खर्च आएको हो । उक्त रकम प्रदेश अन्तर्गतका अस्पताल, प्रयोगशाला र स्वास्थ्य कार्यालयमा उपकरण, औषधि एवं स्वास्थ्यकर्मीको जोखिम भत्तामा खर्च भएको हो । प्रदेशमा चारवटा कोरोना विशेष अस्पताल, प्रदेश अन्तर्गतका १३ अस्पताल, १२ जिल्ला स्वास्थ्य कार्यालय र १२ वटा आयुर्वेद अस्पताल रहेका छन् ।

        चारवटा कोरोना अस्पताल व्यवस्थापन र सञ्चालनमा अहिले सम्म १५ करोड ७५ लाख ५० हजार रुपैयाँ खर्च भएको जनाइएको छ । ती अस्पतालमा बेड, आईसीयू र भेन्टिलेटर सहितका उपकरण, औषधि तथा जनशक्ति व्यवस्थापन गरेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा। पुष्पराज पौडेलले वताउनु भयो । प्रदेश प्रयोगशाला व्यवस्थापन र सञ्चालनमा मात्रै ३ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

    चैत १० मा प्रदेश सरकारले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, रूपन्देहीकै भैरहवाको भीम अस्पताल, दाङको राप्ती प्रादेशिक अस्पताल र बाँकेको भेरी अस्पताललाई २/२ करोड रकम विनियोजन गरेर कोरोना विशेष अस्पतालका लागि उपकरण र जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालले सबैभन्दा धेरै ७ करोड ९१ लाख ९० हजार रुपैयाँ लगेको छ । प्रदेश सरकारले गत असारसम्म स्वास्थ्यकर्मीको जोखिम भत्तामा ७ करोड २३ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । तर जोखिममा खटेका आधारमा दिने भत्ता दुरुपयोग भएको गुनासो आएपछि सामाजिक विकास मन्त्रालयले छानबिन थालेको छ । 

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६