भैरहवा, २८ बैशाख । नेपाल–भारत सीमा नाकामा प्रवासी नेपालीहरु आउने क्रम तीव्ररुपमा बढेको छ । भारतमा लकडाउन खुकुलो भएसँगै भारतका विभिन्न सहरमा रोजगारी गरी बस्ने नेपालीहरु फर्किने क्रम बढेको हो । आईवबार बिहानसम्म करिव एकहजार तीनसय बढी प्रवासी नेपालीहरु सीमानाका सुनौलीमा आइपुगेका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक इश्वरी अधिकारीका अनुसार नेपालीहरु आउने क्रम…