रुपन्देही २२ मंसिर । आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । कोरोना महामारीका कारण बन्द मन्दिर आठ महिना पछि खुल्ला भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीमा दिप प्रज्वलन गर्दै , मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुला भएको घोषणा गर्नुभएको छ ।लामो समयसम्म मायादेवी…