परासी, २४ वैशाख । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण नवलपरासी बर्दघाट–सुस्ता पश्चिम जिल्लामा आपराधिक घटनामा कमी आएको छ । बन्दाबन्दीमा चोरी, डकैती, हत्या, जबर्जस्ती करणी जस्ता अपराधका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।‘लकडाउनका कारण मानिस घर बाहिर निस्कन नपाउनु, सीमा…