पाल्पा, १६ साउन। सुन जस्तो देखिने बस्तु देखाई सर्वसधारणबाट सुनका गहना ठगी गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा लिएको छ । उनीहरुले पाल्पाको तानसेन नगरपालिकाका विभिन्न ठाउँमा व्यक्तिहरुलाई भेटी सुनजस्तो देखिने बस्तु देखाई साटफेर तथा किनबेचको प्रलोभन देखाई उनीहरुसँग भएका सुनका गहना ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया…