कपिलवस्तु, आश्विन ६ गते नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री बलराम अधिकारीले पार्टीले विगतमा गरेका कार्यहरूको गहिरो समिक्षा गर्दै आगामी दिनमा अझ सशक्त ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। कपिलवस्तुमा आयोजित एक कार्यक्रममा बोल्दै अधिकारीले पार्टीले जनतासँग निकट सम्बन्ध कायम गर्दै अघि बढ्दा मात्र दीगो सफलता प्राप्त गर्न सकिने धारणा राख्नुभयो। उहाँले विगतका…