कैलाली ८ जेष्ठ । कैलालीको कैलारी गाउँपालिकामा तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ । नौ महिनादेखि पाँच वर्षमुनिका तीन हजार ८०४ बालबालिकामा दादुरा– रुबेलाको खोप लगाउने लक्ष्य लिएकोमा तीन हजार २९६ बालबालिकालाई सो खोप लगाइएको हो । यो लक्ष्यको तुलनामा ८६ दशमलव ७ प्रतिशत रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिनुभयो…