सुदूरपश्चिम

शत्रुजीव सलहको बगाल जुम्ला पुग्यो, बालीनाली सखाप पार्दै



जुम्ला, २८ असार । सरकारले शत्रुजीव सलह किरा नेपालमा सक्रिय नभएको बताइरहँदा सलहको बगाल जुम्लामा देखा परेको छ ।  छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको सलह कीरा जुम्ला पुगेको छ। जिल्लाको ​पातारासी गाउँपालिकामा सलह कीरा देखा परेको हो ।  पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह कीराका झुण्ड प्रवेश गरेको भेटिएको किसानले बताएका छन्‌। जताततै सलह किराको बथान देखिएको बालीनालीमा पनि धेरै क्षति पुर्‍याएको स्थानीय किसानहरूले जानकारी दिएका छन्‌।  सलहले आलु र मकै बारीमा प्रवेश गरेर ठुलो नोक्सान गरेको किसानहरु बताउँछन् । 

        गाउँपालिकामा सलह कीराको झुण्डहरु प्रवेश गरेकोले किसानलाई सचेत रहन आग्रह गरिएको छ। कृषि विकास शाखा संयोजक रुपक बुढाले  सलह मार्न प्रविधि र विषादीको प्रयोग गर्नु पर्ने अवस्था आउन सक्ने बताउनुभयो । थाल बजाउने ठूला ठूला आवाज निकाल्ने, धुवा लगाउने जस्ता विधि अपनाउनु पर्ने बुढाले बताउनुभयो ।  अहिले पातारानीवासीले ठूलो आवाज निकाल्ने र धुँवा जस्ता विधिबाट सलहलाई तितरबितर पार्ने प्रयास गरिरहेका छन्‌। ठूलो संख्यामा सलह प्रवेश गरेकोले जुम्लाको स्याउ, मकै, उवा गहुँ लगायतका रैथाने बालीमा क्षति पुगेको छ। 

प्रकाशित : २८ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६