सुदूरपश्चिम

आफ्नै छोरी र आमालाई बलात्कार गर्ने पक्राउ



बैतडी, ३१ असार । बैतडीमा दुई वटा छुट्टाछुट्टै बलात्कारका घटनामा दुई जनालाई प्रहरीले  पक्राउ गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावाट आफ्नै ११ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४५ बर्षीय बुवालाई पक्राउ गरिएको हो ।   

        मङ्गलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा  पटकपटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे ‘‘छोरीको शरीरमा पनि निलडाम भएको, बेलाबेलामा कराउँने र भागेर छिमेकीको शरणमा बुबाले पटकपटक बलात्कार गरेको खुल्न आएको छ ।’’ 

     बलात्कार गर्ने छोरीकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो ‘‘श्रीमतीको मृत्यु भइसकेपश्चात छोरीलाई मादकपदार्थ सेवन गरी पटकपटक जबरजस्ती गर्ने गरेको रहेछ, मङ्गलबार पनि जबरजस्ती गर्न खोजेका बेला छोरी भागेको र सोधपुछ गर्दा बलात्कार गरेको खुल्न आएकोले समातेर प्रहरीलाई बुझाएका हौं ।’’ घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । 

  यस्तै जिल्लाको पुर्चौडी नगरपालिकामा आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ ।  बत्तीस वर्षीय छोराले ६१ वर्षीया आमालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।  मङ्गलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरी नुवान नामक विषादी सेवन गरेको अवस्थामा फेला गरेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जैसीले बताउनभुयो । आमालाई बलात्कार गरी बिषादी सेवन गरेका छोरालाई  इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।–रासस

प्रकाशित : ३१ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६