कपिलवस्तु, २८ पुस कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा रहेको श्री छत्रपाली तीर्थादेवी माध्यमिक विद्यालय पछिल्लो समय शिक्षण–सिकाइमा अपनाइएका नवप्रयोगका कारण जिल्लाकै नमूना विद्यालयका रूपमा स्थापित हुँदै गएको छ। सीमित स्रोतसाधन हुँदाहुँदै पनि शिक्षकको सिर्जनशील सोच, लगनशीलता र निरन्तर प्रयासले यहाँका कक्षा कोठा जीवन्त र प्रभावकारी बनेका छन्।विद्यालयकी बालविकास शिक्षिका सरस्वती उपाध्याय विगत १० वर्षदेखि यही विद्यालयमा…