भारत (गोवा), २३ जेठः साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल्ने क्रमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य विमला विकको नाकको हड्डीको शल्यक्रिया सम्पन्न भएको छ ।भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु रङ्गशालामा भएको सेमिफाइनल खेलमा दुई नेपाली खेलाडी ठोक्किँदा विमलाको नाकको हड्डी भाँच्चिएको थियो । सेमिफाइनलमा विमला र नेपालकै अर्की खेलाडी समीक्षा घिमिरे एकापसमा ठोक्किन…