बुटवल ४ माघ । रुपन्देहीको बुटवल- ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा मँगलबारदेखि खेलकुद सप्ताह शुरू भएको छ । खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्नका लागि आयोजित सप्ताहमा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीलाई विभाजन गरि प्रतियोगिता गराईने अतिरिक्त क्रियाकलाप संयोजक मनोज क्षेत्रीले बताए ।नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी खेलकुद कार्यक्रममा भलिबल, फुटसल, रीले दौड सटपट,…