काठमाडौं २६ जेठः आठौँ एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज चीनको पुताउ प्रस्थान गरेको छ ।यही जुन १० देखि १५ तारिखसम्म हुने ‘३ बाई ३’ स्वरुपको प्रतियोगितामा नुकेश जुगजाली, दिप्सन केसी, साइमन गुरुङ र श्रेयसबहादुर शाहले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा नृपेश श्रेष्ठ छन् ।प्रतियोगिता मकाउमा अक्टोबरमा हुने फिसु विश्वको छनोटका रूपमा समेत रहेको नेपाल विश्वविद्यालय खेलकुद सङ्घका महासचिव पूर्णसिंह बोहराले जानकारी दिनुभयो । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार राजु सिंहले आजै एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
२७ जेष्ठ २०८३, बुधबार









प्रतिक्रिया