काठमाडौं ११ असोज । अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलमा सानदार जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले हरायो ।नेपालले सबै गोल पहिलो हाफमा गरेको थियो । नेपालको जितमा अन्जन विष्टले पहिलो हाफमै ह्याट्रिक पूरा गर्नुभएको हो । १८औं मिनेटमा खाता खोल्नुभएका अन्जनले २७औं र…