रुस र बेलारुसका टेनिस खेलाडीले विम्बल्डन प्रतियोगिता खेल्न नपाउने भएका छन् । रुसले युक्रेनमा गरेको आक्रमणलाई कारण देखाएर बेलायतको सर्वोच्च टेनिस संस्था अल इङ्ल्यान्ड क्लबले रुसी र बेलारुसी खेलाडीलाई आउँदो जुनमा हुने तेस्रो ग्रान्डस्लाम विम्बल्डन खेल्न प्रतिबन्ध लगाउने घोषणा गरेको हो । एटीपी, डब्ल्यूटीए टुर्स र अन्तर्राष्ट्रिय टेनिस महासङ्घले रुसी खेलाडीलाई प्रतिबन्ध नलगाए पनि इङ्ल्यान्डले…