कपिलवस्तु २१ फागुन । रुपन्देही जिल्लामा आयोजित कञ्चन गोल्ड कपको उपाधि कपिलवस्तु (११) ले जितेको छ । आज भएको फाइनल खेलमा कपिलवस्तु (११) ले रुपन्देहीको डिएमसि तुल्सीपुरलाई २ का बिरुद्ध १ गोलले हराएको हो । कपिलवस्तुका लागी रोशन सेन र सञ्जु सेनले १, १ गोल गरेका थिए । खेलमा ८ वटा समुहको सहभागीता रहेको थियो…