काठमाडौं,२३ असोज । कमल सिंह ऐरीको उत्कृष्ट बलिङ अनि भीम सार्कीको अर्धशतकको मद्दतमा चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग ईपीएल २०२१ को उपाधि जितेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलो पटक च्याम्पियन बनेको हो ।पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५।५ ओभर खेल्दै ६ विकेट गुमाएर…