काठमाण्डौ, ८ कार्तिक । आईसीसी टी २० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ । भारतले दिएको एक सय ५१ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाइ १३ बल अघि नै भेटायो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र विकेटकिपर मोहम्मद रिजवानले ७९ रन बनाए । यी दुईले एक सय ५२ रनको साझेदारी…