अर्घाखाँची, कात्तिक २ गते।अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकास्थित दुर्गाफाँट क्षेत्र हाल धानका लहलहाउँदा बालिसँगै हरियालीमा ढाकिएको छ। प्रकृतिको सुन्दर श्रृङ्खला झैँ फैलिएको दुर्गाफाँटको दृश्य अहिले जो कोहीलाई मोहित पार्ने खालको बनेको छ। खेतका बारीहरूमा सुनौलो र हरियो रंगको मेलले ग्रामीण जीवनमा नयाँ रौनक थपिदिएको छ। स्थानीय किसानहरूका अनुसार यस वर्ष समयमै वर्षा भएकाले धान उत्पादन राम्रो…