भैरहवा ९पुस । सुत्केरीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ‘कोसेली भेट’ कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले भैरहवामा पत्रकार सम्मेलन गरी उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत ‘कोसेली भेट’ सुरु गरिएको जानकारी दिएको हो ।नगरपालिकाले तीन वर्षअघि सुरु गरेको कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिइएको उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् । नगरपालिकाले १७ लाख रुपैयाँ बजेट…