कपिलवस्तु, २२ चैत्र । अन्तर्राष्ट्रिय खेलकूद दिवसको अवसर पारी विहिबार लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन २०२३ को आयोजना हुने भएको छ ।लुम्बिनी प्रदेश खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा गुग्ने लक्ष्यसहित २०७ राष्ट्रकालाई निमन्त्रणा गरिएको…