खेलकुद

कपिलवस्तुमा हुनलागेको पानी माथि ट्रयाक बनाएर खेलिने खेलमा कसरि सहभागि हुने ?




कपिलवस्तु, ०२ असोज ।

नेपालमा पहिलो पटक लायन्स कपिलवस्तुले २०७९ सालमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता आयोजना गरेर एउटा फरक पहिचान नेपालभर प्रस्तुत गरेको लायन्स कपिलवस्तुले ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करण आयोजना गर्ने भएको छ ।

साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता आयोजना दोस्रो पटक २०८० असोज २७ गते गर्न लागेकोे क्लवका अध्यक्ष ओम प्रकाश घिमिरेले बताउनु भएको छ ।

जसका लागि आवश्यक प्रक्रिया पुरा गरेर प्रतियोगितामा भाग लिने प्रतियोगिहरुका लागि रजिष्टेशन खुलाएको छ । भाद्र ३१ गते बसेको बैठकले रजिष्टेशन खोलेको हो भने रजिष्टेशन प्रन्ध सय राखिएको आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताका लागि प्रतियोगिता मुल समिति समेत चयन गरेको छ । समितिको संयोजकमा विष्णु प्रसाद घिमिरे रहने गरी सदस्यहरुमा भरत राना, विष्णु प्रसाद पाठक, नरेश भुसाल, खड्क बहादुर आले, क्षेत्र बहादुर थारु चौधरी, मदन अर्याल, विष्णु प्रसाद घिमिरे (बैरीया), नवराज बेल्वासे, दामोदर पन्थी, शान्त राज गैरेले लायन्सबाट आफ्नो जिम्मेवारी हेर्छन् भने लियो क्लव अफ कपिलवस्तुका अध्यक्ष कपिलदेव भट्टराई र शेषकान्त मरासिनीलाई जिम्मेवारी तोकिएको छ ।

प्रतियोगितामा भाग लिनेहरुका लागि टि–सर्ट, खाजा तथा प्रमाण पत्रको समेत व्यवस्था गरिएको मुल समिति संयोजक विष्णु प्रसाद घिमिरे बताएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले पचास हजार, द्धितीय हुनेले पच्चिस हजार, तृतीय हुनेले प्रन्ध हजार र सान्त्वना हुनेले गिफ्ट हेम्पर सहित मायाको चिनो र प्रमाण पत्र प्रदान गरिन क्लवका सचिव राजु भुसालले बताएका छन् ।

रजिष्टेशनका लागि गुगोल फारम भर्ने सकिने छ, जसका लागि तल दिइएको लाई खोल्नु पर्नेछ ।

https://docs.google.com/forms/d/e/1FAIpQLScYP12P7Li5Vx4xcuaDMbXUijxSQV4aA84_4AyDdlwyjiuR9g/viewform

प्रकाशित : २ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६