असोज १५, काठमाण्डौ । संसारको सातौं अग्लो आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने यो हिमालमा पत्रकार पूर्णिमा श्रेष्ठले सफल आरोहण गर्नुभएको हो।काठमाण्डौको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा जानुभएको थियो।सेभेन समिट ट्रेकिङका…