मध्यविन्दु (नवलपरासी), १४ फागुन नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित र मुद्दा केन्द्रित बनाउन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवासमा आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले लोकतान्त्रिक प्रतिस्पर्धा विचार, योजना र व्यवहारमा आधारित हुनुपर्ने बताउनुभयो । “फिल्मको कथाजस्तो बनावटी शैलीमा देश चलाउन सकिँदैन, राष्ट्र सञ्चालनका लागि विज्ञ र…