म्याग्दी (बेनी), ११ असोजः दसैँ नजिकिएसँगै गाउँघरमा चाडपर्वको रौनक बढेको छ । नेपालीले दसैँ–तिहार लगायतका पर्वलाई विशेष महत्व दिने भएकाले रोजगार, व्यवसाय र अवसरका लागि देश विदेश पुगेकाहरु गाउँ फर्कन थालेका छन् । अधिकांश समय सुनसान भएका गाउँघरमा दसैँको आगमनसँगै उल्लास छाउन थालेको रघुगङ्गा गाउँपालिका–७ का चिमखोलाका कायाम रोकाले बताउनुभयो । प्रवासमा रहेकाले चाडपर्व मनाउन…