समाचार

जिल्ला स्तरीय राष्ट्रिय औद्योगिक सर्वेक्षण सचेतना



कपिलवस्तु ६ फाल्गुन । देशको आर्थिक विकास को लागी मेरुदण्ड को रुपमा रहेको औद्योगिक क्षेत्र सम्वन्धि राष्ट्रिय औद्योगिक सर्वेक्षण जिल्ला सचेतना गोष्ठी सम्पन्न भएको छ । तथ्याङ्क कार्यलयको आयोजनामा कपिलवस्तु नगरपालिका जिल्ला समन्वय समिती कार्यलयमा १ दिने गोष्ठी सम्पन्न गरिएको हो ।कार्यक्रममा राष्ट्रिय औद्योगिक गणना तथा सर्वेक्षण को एतिहासिक पुष्ठभुमी बारे जानकारी गराइएको थियो । तथ्याङ्क कार्यलय का प्रमुख नन्दलाल कुर्मीले राष्ट्रिय औद्योगिक सर्वेक्षण बारे प्रस्तुतीकरण गर्दे सर्वेक्षमा जिल्ला समन्वय समितीका कार्यहरुबारे बताएका थिए । यस्तै गरी सर्वेक्षणमा विगतका गणना तथा सर्वेक्षणको दायरालाई फराकिलो पार्दे अन्र्तराष्ट्रिय स्तरीय औद्योगिक बर्गीकरणमा  चार प्रकारका  बि–खानी तथा उत्खनन, सि–औद्योगिक उत्पादन, डी–विद्युत ग्यास बाफ तथा वातानुकुलिन सेवा इ–पानीको आपूर्तिहा ढल निकास फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरु सहित ठुला तथा साना उद्योग समावेश गरिएको कुर्मी ले जानकारी दिएका छन । गणक गणेश प्रसाद मरासनी को संचालनमा रहेको कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी दिर्घनारयण पौडेल विशिष्ट अतिथी जिल्ला समन्वय समितीका सभापती नारायण प्रसाद खनाल लगाएत जिल्ला का सरकारी कार्यलयका प्रमुख हरुको उपस्तिथी रहेको थियो । 

प्रकाशित : ६ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६