समाचार

महराले अदालतबाट सफाइ पाएपछि मतदाताहरु खुशी, तुलसीपुरचोकमा दीप प्रज्वलन



घोराही  ६  फाल्गुन । षडयन्त्रपूर्वक फसाइनुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाण्डौंले सफाइ दिएपछि उहाँको निर्वाचन क्षेत्र दाङका मतदाताहरुले खुशीयाली मनाएका छन् ।जिल्ला अदालत काठमाण्डौंले महरा निर्दोश भएको प्रामाणित गरिसकेपछि उहाँ पूर्ण रुपमा निर्दोश भएको र उहाँलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाइएको पुष्टि भएको छ ।दाङ क्षेत्र नं २ बाट निर्वाचित सभासद् महराले सफाइ पाउँदा समग्र दाङ र राप्तीबासीलाई फाइदा पुगेको महराका मतदाता एवम् नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले प्रतिकृया दिनुभयो । 

             ‘दाङको समग्र विकासका लागि कुन दल वा नेतामा विभाजित हुनुहुँदैन उहाँ विकास प्रेमी नेता हो, उहाँ निर्दोश भएको अदालतले प्रमाण दिइसकेको छ,’ प्रियासनले भन्नुभयो, ‘दाङको विकासका लागि सबै दलहरु एक हुनुपर्छ ।’अर्का मतदाता वामदेव रिजाल ‘देवदास’ ले महरालाई दुःख दिएर राजनीतिक अभिष्ट पूरा गर्न चाहने देशी विदेशी प्रतिकृयावादी तत्वहरुले षडयन्त्र रचेको बताउनुभयो । महराले यस क्षेत्रको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुपर्ने रिजालको भनाई छ ।महरा दाङको मात्र नभएर समग्र मुलुककै विकासमा योगदान दिने व्यक्तित्व भएको पत्रकार केशरमान विसीले बताउनुभयो । उहाँले महरालाई फसाउनेहरुको क्रमशः भण्डाफोर गरिदै जाने प्रतिकृया दिनुभयो ।यसैबीच महरालाई अदालतले दिएको खुशीयालीमा मतदाताहरुले आज बेलुकी ५ बजे घोराहीको तुलसीपुरचोकमा स्वस्फ्रूतरुपमा दीप प्रज्वलन गर्ने भएका छन् । दीप प्रज्वलन कार्यक्रमको संयोजन गरिरहनुभएका दीपेश पोख्रेलले सहभागि हुन समग्र राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगी व्यवसायी, युवा तथा सम्रग दाङवासी जनसमुदायलाई अनुरोध गर्नुभयो ।

प्रकाशित : ६ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६