समाचार

गाउँपालिकाद्धारा स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको सेवा



गढवा ६ फागुुन । गढवा गाउँपालिकाले यसबर्ष पनि गढवा स्वास्थ्यचौकीमा एमबिबिएस डाक्टरको सेवा प्रवाह गर्ने भएको अध्यक्ष सहजराम यादवले जानकारी दिनुुभयो । गढवा गाउँपालिका वडानं. ६स्थित गढवा स्वास्थ्यचौकीमा सोमबार एक कार्यक्रमको आयोजना गरि नयाँ मेडिकल अधिकृत सहित ७ जना स्वास्थ्यकर्मिहरुको स्वागत गरिएको छ । स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका वडानं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूुरी हमालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

              कार्यक्रममा मेडिकल अधिकृत डा.रुपेन्द्र पोखे्रल लगायत वडानं. ६का वडा सचिव मधुु अधिकारी, मनोबिमर्शकर्ता मिसन चौधरी,अहेब मुुकेश अधिकारी,अनमीहरु मञ्जुु चौधरी,शुुसिला चौधरी,ल्याब टेक्निसियन अरबिन्द श्रेष्ठ र कार्यालय सहयोगि अञ्जुु चौधरीको स्वागत गरिएको हो । गढवा गाउँपालिकाले हालै लिएको परिक्षा उत्तिर्णगरि नवनियुुक्त स्वास्थ्यकर्मिहरुको स्वागत गरिएको वडा अध्यक्ष तथा ब्यवस्थापन समितिका अध्यक्ष बालचन्द्र ठकूूरी हमालले बताउनुुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष हमालले स्वास्थ्य सेवालाई चुुस्त दुुरुस्तताका साथ स्वास्थ्यकर्मिहरुले मुुस्कान सहितको सेवा प्रवाहगरि स्वास्थ्य संस्थालाई गढवाकै नमूुना बनाउन आव्हान गर्नुभयो । कार्यक्रममा नबनियुुक्त डाक्टर रुपेन्द्र पोखे्रलले गढवाको स्वास्थ्य सेवालाई आफूसक्दो प्रभावकारी बनाएर देखाउने प्रतिवद्धता जाहेर गर्नुभयो । 

              कार्यक्रममा स्वास्थ्य ब्यवस्थापन समितिका सल्लाहकार सकुुन्तला डिसी,सदस्य तथा जनता माबिका प्रधानाध्यापक रामसुुरत यादव,वडानं. ६का वडासचिव मधुु अधिकारी लगायतले बोल्नुुभएको थियो । यसअघि गढवा गाउँपालिकाले गढवा स्वास्थ्य चौकिमा करिब १५ महिना सम्म एमबिबिएस डाक्टर राखेको र सोही क्रमलाई निरन्तरता दिदै यसबर्ष पनि नयाँ एमबिबिएस डाक्टर नियुुक्त गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुुभयो । स्वास्थ्यचौकी प्रमुुख रुपनारायण चौधरीको स्वागत मन्तब्यबाट सुुरु भएको कार्यक्रमको संचालन सिअहेब सुुर्यनारायण यादवले गर्नुभएको गढवाबाट शिबराज पन्थीले जानकारी दिनुुभयो । 

     

प्रकाशित : ६ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६