कपिलबस्तु ८ फागुन । कपिलबस्तु जिल्लाको यशोधरा गाउपालिकाको लेखा शाखामा मगलवारबाट अनिश्चित तालाबन्दी गरिएको छ । गाउँपालीका का वर्डा नंं. ५ र ६ का अध्यक्षले कार्यपालिकाको निर्णय अनुसार मंगलवार लेखा अधिकृत निराजन लम्सालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । के कारणले ताला बन्दी गरियो भन्ने कुरा भने खुल्न सकेको छैन। मंगलवार बसेको कार्यपालिका बैठकको माइन्युट अनुसार स्थानिय उपभोक्ताले काम गरे बापत पाउनु पर्ने रकम निकासा नगरिएको र अनावश्यक दुख दिएका कारण तालाबन्दी गरेको जनाएको छ । तर कारण ठिक विपरित छ। गाउँपालिकामा हुदै नभएका योजनाको बिल पेश भएको र लेखा अधिकृत लम्सालले भुक्तानी नगरेपछी ताला लगाएको गाउपालिकाका अन्य कर्मचारिको भनाई छ।
७ फाल्गुन २०७६, बुधबार
प्रतिक्रिया