समाचार

विपक्षी र सहकर्मी कै घेरावन्दीमा मुख्यमन्त्री : भर्जिनल्याण्ड भेटिएपनि सहमतिको विन्दु भेटिएन



रुपन्देही ९ फागुन ।  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको राजधानीकालागि भर्जिन ल्याण्डको खोजीमा अलमलगरि रहेका वखत मुख्य विपक्षी कांग्रेस संसदवाट सरकारलाई घेरावन्दी गर्ने योजनामा अघि बढेको छ। त्यतिमात्र होइन बुटवल पक्षधर आफ्नै सहकर्मी पनि घेरावन्दीको पक्षमा देखिने वातावरण बन्दै गएको छ । हो विपक्षी सांसदको संख्या मुख्यमन्त्रीलाई समर्थन गर्ने भन्दा धेरै थोरै छ । तर उनीहरुको माग जायज छ जसका कारण मुख्यमन्त्री घेरावन्दीमा पर्ने निश्चित छ।एकातिर प्रदेश सभाको बैठकमा कांग्रेसका सभासदहरु प्रदेशको नाम र राजधानी छिटो तोक्न माग गर्दै प्रदेश सभा अवरुद्ध गर्ने चेतावनी दिईरहेका छन ।                                            अर्कोतिर मुख्यमन्त्री शंकर पोखरेलले अझैपनि प्रदेशको राजधानी र नाम नजुरेको भन्दै उपयुक्त स्थान ‘भर्जिन ल्याण्ड’ को खोजी भैरहेको बताईरहनु भएको छ । मुख्यमन्त्रीले बुटवलबाट प्रदेश राजधानी बाहिर लैजान खोजी गरिरहेको बेला सैनामैना र कपिलवस्तु जिल्ला नै ‘भर्जिन ल्याण्ड’ मा पर्ने संभावना पनि उत्तिकै छ । 

विभिन्न माग लिएर मुख्यमन्त्री कार्यालय पुग्ने प्रतिनिधि मण्डललाई मुख्यमन्त्री पोखरेलले यही आश्वासनको पोको दिने गर्नुभएको छ– अव छिटै तय हुन्छ त्यसका लागि उपयुक्त स्थानको खोजी भैरहेको छ ।विहिवार पनि मुख्यमन्त्री पोखरेलले नेपाल प्रेस युनियनको टोलीसंगको भेटमा त्यही कुरा दोहो¥याउनु भएको हो ।मुख्यमन्त्री पोखरेलले प्रदेशलाई पुरानो संरचना अनुसार आञ्चलिक मनोबिज्ञानवाट मुक्त गर्नुपर्ने पनि बताउनु भयो ।

        उहाँले भन्नुभयो–प्रदेश पाँच साविक लुम्बिनी, राप्ती र भेरी अञ्चलका जिल्लाहरु मिलेर बनेको प्रदेश हो तर अझैपनि पुरानो संरचना अनुसार नै मनस्थिती कायम रहेकाले यसलाई चिर्नु अहिलेको चुनौती हो । नेपाल प्रेस युनियनको आगामी चैत २१ र २२ मा नेपालगञ्जमा हुन लागेको नवौं राष्ट्रिय महाधिवेशनको विषयमा जानकारी सहित र निमन्त्रण गर्न पुगेको प्रेस युनियनको टोलीलाई बुटवलस्थित मुख्यमन्त्री निवासमा स्वागत गर्दै उहाँले प्रदेशको स्थायी राजधानीकालागि भर्जिनल्याण्डको खोजी भईरहेको पुरानै कुरा दोहो¥याउनु भयो । 

       उहाँले भन्नुभयो– प्रदेशको स्थायी राजधानीका लागि हामीले भर्जिनल्याण्डको खोजी गरिरहेका छौं, यो राजनीतिक बिषयपनि भएकाले जहाँ होला हुन्छ ।’ उहाँले संघ संस्थाहरुको महाधिवेशन काठमाण्डौमै गर्ने परम्परालाई तोडेर बाहिर गर्ने निर्णय सराहनीय भएको बताउँदै प्रदेश सरकारको तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

       त्यस अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले युनियनको केन्द्रीय महाधिवेशन यहि प्रदेशमा गर्ने कुरा प्रदेशका हिसावले पनि गौरवको बिषय भएको बताउँदै महाधिवेशनको समयमा शान्ति सुरक्षा लगायतका कुराहरु सकारात्मक वातावरण बनाईदिन मुख्यमन्त्री पोखरेललाई आग्रह गर्नुभएको थियो । 

      त्यस्तैगरी अध्यक्ष सिग्देलले प्रदेश अहिले कानुन निर्माणकै क्रममा रहेकाले मिडिया मैत्री कानुन बनाईदिन समेत आग्रह गर्नुभएको थियो ।उहाँले प्रेस युनियनका महाधिवेशनमा नेपालगञ्जमा दुई हजार पत्रकार सहभागी हुने भएकाले प्रदेशको पर्यटन प्रवद्र्धनका हिसावले समेत कार्यक्रमलाई सदुपयोग गर्न मुख्यमन्त्री पोखरेललाई आग्रह गर्नुभयो ।

       त्यसैगरी महाधिवेशन सम्पन्न गर्नका लागि युनियनका केन्द्रीय अध्यक्ष सिक्देल, उपमहासचिव तथा स्थानीय व्यवस्थापन समितिका संयोजक प्रेम केसी सहित आएको टोलीले बिहिबार रुपन्देही युनियनको कार्यसमिति, सल्लाहकार, अग्रज तथा छिमेकी जिल्लाका प्रतिनीधिहरुसंग महाधिवेशनका बिषयमा छलफल गरेको छ ।छलफलका क्रममा सहभागिहरुले महाधिवेशनको मिति तोकेर तयारी गरेकामा धन्यवाद ज्ञापन गर्दै जिल्लाहरुको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् । 

     त्यसक्रममा महाधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि टोलीले सुझाव समेत लिएको थियो । बैठकलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष सिग्देलले महाधिवेशन सम्पन्न गर्ने दायित्व नेतृत्वको मात्रै नभएर सबै सदस्यहरुको भएको बताउँदै सबैलाई आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो ।उहाँले अधिवेशनवाट नयाँ नेतृत्व सर्वसम्वत रुपमा चयन गरि पार्टीलाई एकताको सन्देश दिन जरुरी रहेको पनि बताउनु भयो । 

प्रकाशित : ८ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६