समाचार

अदालतवाट ६० बर्षमा मृत्युको न्यायीक घोषणाको प्रमाण पत्र प्रदान



गुल्मी १० फागुनरेसुङगा नगरपालिका १२ दुविचौरका चन्द्र बहादुर बलाल २०१६ सालबाट  घरपरिवारसंग सम्पर्कमा हुनुहुन्न  घरबाट भारत हिड्नुभएका उहाँ ६० बर्षसम्म फर्किनुभएको छैन । त्यतिबेला बलाल १४ बर्षको हुनुहुन्थ्यो उहाँका बुबा आमा समेत छैनन् । नयाँ मुलुकी देवानी संहितामा मृत्युको न्यायीक घोषणा गर्न पाउने व्यास्था अनुसार भाई कृष्ण बलालले गुल्मी जिल्ला अदालतमा मृत्युको न्यायीक घोषणाको लागि निवेदन दिनुभयो । अदालतले भाई कृष्ण बलाललाई मृत्युको प्रमाण पत्र प्रदान गरेको छ ।

            गुल्मी दरवार गाउँपालिका ४ का दुर्गा प्रसाद पोख्रेल ०६२ साल असारदेखि बेपत्ता हुनुहुन्छ । ५१ बर्षको हुँदा घरबाट भारतबाट हिडनुभएका पोख्रेल अहिलेसम्म फर्किनुभएको छैन । खोज्ने सवै उपाय लगाए पनि कुनै पत्तो लागेन् । उहाँकै प्रतिक्षामा परिवारले १४ बर्ष बिताए । नयाँ कानुनी व्यावस्था अनुसार श्रीमति धेबकला पोखेलले जिल्ला अदालत गुल्मीमा निवेदन दिनुभयो । अदालतले १४ बर्षपछि मृत्युको न्यायीक घोषणा गरेर श्रीमति धेवकला पोख्रेललाई ०७६ मंसिर १८ गते प्रमाण पत्र प्रदान गरेको ग¥यो । 

            त्यस्तै गुल्मी दरवार गाउँपालिका ३ का भक्त बहादुर थापा पनि ०६३ सालबाट बेपत्ता हुनुहुन्छ । परिवारका अनुसार उहाँ पनि ३५ बर्षको उमेरमा रोजगारीकै लागि भारत पसेको बताइएको छ । त्यस दिनदेखि श्रीमति गीता र परिवार भक्तकै प्रतिक्षामा बसे । श्रीमान खोज्ने केहि उपाय लागेन । अदालतमा आएर नयाँ कानुन अनुसार मृत्युको न्यायीक घोषणाको लागि गीताले निवेदन दिइन् । अदालतले १३ बर्षपछि श्रीमति गीतालाई मंसिर २० गते मृत्युको घोषणा भएको प्रमाणपत्र दिएको छ । दर्ता भएका अधिकांश निवेदनमा भारत गएर नफर्किएका निवेदन धेरै रहेको  गुल्मी जिल्ला अदालतले जनाएको छ ।

           गुल्मी जिल्ला अदालत  यस आर्थिक बर्षमा २७ वटा मृत्युको न्यायीक घोषणा सम्बन्धि निवेदन दर्ता भएका छन् । जसका अहिलेसम्म १५ जनाले नयाँ व्यावस्था अनुसार मृत्युको न्यायीक घोषणाको प्रमाण पत्र पाएका छन् । अरु केहि निवेदनको आवश्यक कागज पत्र संकलनको काम भइरहेकाले केहि समयमै प्रमाण पत्र प्रदान गरिने  गुल्मी जिल्ला अदालतका सूचना अधिकारी श्रेष्तेदार कृष्णशरण लामिछानेले जानकारी दिनुभयो । 

            मुलुकी देवानी संहिता ०७४ को भाग २ व्यक्ति सम्बन्धि कानुनको परिच्छेद १ को दफा ४० मा मृत्यु भएको मानिने र सोहि दफाको अन्य उपदफाहरुमा बेपत्ता वा मृत्युको न्यायीक घोषणा गर्ने कानुनी व्यावस्था रहेको छ । जसको लागि १२ बर्षसम्म कुनै व्यक्ति बिना सुचना बेपत्ता भएको वा कुनै बिपद् वा दुर्घटनामा परेकोले निजको मृत्यु वा बेपत्ता भएको मिति, ठेगाना र आधार प्रमाणसहित मृत्युको न्यायीक घोषणा गरि पाउँ भनी जिल्ला अदालतमा निवेदन दिनुपर्छ ।

            अदालतले निवेदनको आधारमा आवश्यक कागज प्रमाण बुझेर त्यस्ता व्यक्तिको सम्बन्धमा मत्युको न्यायीक घोषणा गरेर प्रमाण पत्र प्रदान गरिने जिल्ला अदालतका श्रेष्तेदार कृष्णशरण लामिछानेले बताउनुभयो । तर मृत्युको घोषणापछि कोही फर्किएर आएमा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर अदालतले घोषणा संसोधन वा बदर गर्ने सक्ने व्यवस्था रहेको लामिछानेले जानकारी दिनुभयो । 

प्रकाशित : ९ फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६