समाचार

प्रधानमन्त्रीलाई २ महिनाअघि अडियो उपलब्ध गराएको कुरा भ्रामक: प्रेस सल्लाहकार



काठमाडौं ११ माघ निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको कसिसन प्रकरणबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम प्रधानमन्त्री के शर्मा ओलीलाई २ महिनाअघि अडियो उपलब्ध गराएको कुरा  भ्रमूर्ण र भरुटको पुलिन्दा मात्र भएको प्रधानमन्त्रीका  प्रेस सल्लाहकार सूर्य थापाले प्रष्ट पार्नु भएको छ । प्रधानमन्त्रीले त्यस्तो अडियो पाएको भए मौनता साधेर नबस्ने उहाको दावि थियो । यता गोकुल वास्कोटाको कमीसन डिल प्रकरणमा  नेकपा आफैंले छानविन नगर्ने भएको छ ।

        सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री पदबाट बिहीबार राजीनामा दिएका थिए ।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बास्कोटा प्रकरणबारे छलफल भएको थियो ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘सञ्चारमन्त्रीले राजीनामा दिइसक्नु भएको छ । तत् पश्चात अख्तियार लगायतका राज्यका निकायहरुले त्यसबारे थप अध्ययन गरिरहेको बैठकमा जानकारी गराउने काम भएको छ ।’

        भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रधानमन्त्रीको प्रष्ट दृष्टिकोण रहेको भन्दै नेकपा प्रचार विभाग उपप्रमुख समेत रहेका उनले भने, अडियो दिए भन्ने जस्ता  हावा कुराको पछाडि छलफल गर्नु बेकार छ ।’ नेकपा सचिवालयको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न कठित कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गरेका थिए ।

        कार्यदलले सर्वसम्मत रुपमा एमसीसी सम्झौता नसच्याई संसदबाट अनुमोदन गर्न नहुने सुझाव दिएको छ । यसका लागि आवश्यक परे अमेरिका सरकारसँग समेत कुराकानी गर्नुपर्ने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।सल्लाहकार थापाकाअनुसार यसबारे नेकपा सचिवालयको आगामी बैठकमा थप छलफल हुनेछ ।

प्रकाशित : १० फाल्गुन २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६