ब्रेकिंग न्युज

मिनीबस एकआपसमा ठोक्किँदा ४० जना घाइते



काठमाडौं ११ फागुन। तनहुँको पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ कमलबारी नजिकै दुई वटा मिनीबस एकआपसमा ठोक्किँदा ४० जना घाइते भएका छन् ।दमौलीबाट मुग्लिङ्गतर्फ आउँदै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली जाँदै गरेको ना ५ ख २८५६ नम्बरको बस आइतबार बिहान एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।दुर्घटनामा परी घाइते भएकाहरुको दमौलीस्थित रत्नहरि अस्पताल, एपोलो अस्पताल र पोखरा अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । घाइते मध्ये ना ५ ख २८५६ नम्बरको बसका चालकको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि पोखरा पठाइएको उहाँले बताउनुभयो ।ना ५ ख २८५६ नम्बरको बसले ओभरटेक गर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरी नायव उपरीक्षक लामिछानेले बताउनुभयो ।

प्रकाशित : ११ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६