अर्थ-वाणिज्य

बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित



भद्रपुर (झापा), ८ मङ्सिर

आन्तरिक राजस्व कार्यालय भद्रपुरले बढी आयकर दाखिला गर्ने चार करदातालाई सम्मान गरेको छ । सप्ताहव्यापी ‘राष्ट्रिय कर दिवस, २०८३’ को समापन समारोहका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनीहरूलाई फूलमाला तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेमा झापाबाट एनएसबी ट्रेड एण्ड सप्लायर्स, इलामबाट अन्नपूर्ण ट्रेडर्स, ताप्लेजुङबाट आशिका आयल सप्लायर्स र पाँचथरबाट श्रेष्ठ ट्रेडिङ सप्लायर्स रहेका छन् । सोही अवसरमा कार्यालयले उत्कृष्ट कर्मचारीका रूपमा नायब सुब्बा टीकाराम दाहाललाई सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले इमान्दारीपूर्वक कर तिर्नु असल नागरिकको पहिचान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “इमान्दारीपूर्वक कर तिर्नु राष्ट्रको समृद्धिमा योगदान गर्नु हो । करदातालाई सन्तुष्ट बनाएर कर सङ्कलन गर्न सक्नुपर्छ । कर न्याय छिटोछरितो हुनुपर्छ ।” उहाँले सबै पक्षको साझा प्रयासबाट सुशासनयुक्त प्रशासन निर्माण गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत गोपालबहादुर थापाले कर राज्यले नागरिकबाट लिने अनिवार्य शुल्क मात्रै नभएर राज्य र नागरिकबीचको विश्वास, उत्तरदायित्व तथा विकास साझेदारीको महत्वपूर्ण कडी भएको बताउनुभयो । नागरिकले आफूले तिरेको करको सही सदुपयोग भएको अनुभूति गर्न सके मात्रै कर प्रणालीप्रति विश्वास र सुशासन कायम हुने उहाँको भनाइ थियो । उहाँले राष्ट्रिय कर दिवसका अवसरमा कार्यालयले उत्कृष्ट करदाता सम्मान, कर शिक्षा कार्यक्रम तथा अन्तरक्रियालगायत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । –––

प्रकाशित : ९ मंसिर २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६