समाचार

अनियमितताका रहस्य सार्वजनिक : सहकारीको अनुगमन नहुँदा बित्तिय जोखिम बढ्दै



दाङ, १२ फागुन२०६९ सालबाट बचत तथा ऋण कार्यक्रम संचालन गरिरहेको दाङको राप्ती गाउँपालिमा रहेको प्रभात बचत तथा ऋण सहकारी संस्था अहिले पुर्ण रुपमा बन्द छ । संस्थाका व्यवस्थापक र ऋण समितिका संयोजकको मिलमतोमा ६६ लाख रुपियाँ अनियमितता गरेपछि संस्थाको बारोबार बन्द भएको हो ।

            व्यवस्थापक र ऋण समितिका संयोजक दुइजनामाथि अनुसन्धान भइरहेको छ । प्रभात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टेकवहादुर केसीका अनुसार व्यवस्थापक र संयोजकको मिलेमतोमा नक्कली ऋणी खडा गरि ऋण लागनी गर्ने, सदस्यको पासबुकको रकम र संस्थाको खाताको प्रवृष्टि फरक परेको सदस्यको गुनाशो आधारमा हिनामिना भएको थाहा भएको हो । सहकारी लथालिङ्गभयो, कर्मचारी र शेयर सदस्यकै मिलेमतोले सहकारी डवेको जस्तै भएको छ, अध्यक्ष केसीले भन्नुभयो ।  यो उदाहरणले सहकारीलाई ननियगमन गर्ने निकायको सक्रियता नबढ्दा सहकारी संस्थाको बित्तिय र शुसासनको जोखिम बढ्ने गरेको छ । राज्य पुर्नसंरचनासंगै सहकारी लाई नियगमन गर्नेअधिकारी स्थानीय पालिका, प्रदेश र संघमा दिएपछि अलमल पनि हुने गरेको छ । 

एउटा गाउँपालिमा मात्रै कार्यक्षेत्र बनाएर काम गरिहेका सहकारीलाई पालिकाले,एकपालिका भन्दा धेरै पालिकामा कार्यक्षेत्र रहेका सहकारीलाई प्रदेश र जिल्लाभन्दा बाहिर पनि कार्यक्षेत्र रहेका सहकारीलाई संघले अनुगमन नियगमन गर्ने व्यवस्था छ । राज्य पुर्नसंरनापूर्व सहकारी डिभिजन कार्यालयमा मासिक प्रगती प्रतिबेदन बुझाउने सहकारीले अहिले कही कतैपनि प्रतिबेदन बुझाउँदैनन ।

            यस्ले गर्दा सहकारी संस्थाको अवस्थाबार बास्तबिकता अनुगमन गर्ने निकायलाई जानकारी नै हुँदैन । हामीलाई प्रतिवेदन पठाउन प¥यो भनेर पनि भनेका छैनौ, पहिलेजस्तो नियमित बुझएका छैनौ,लमहीको उद्यमशिल बहुउद्धेश्यिम सहकारी संस्थाका व्यवस्थापक विश्व अधिकारीले भन्नुभयो । दाङमा जम्मा छ सय  २५ वटा सहकारी संस्था दर्ताभएको भएपनि सहकारीको बित्तिय अवस्था, संचालन अवस्थाबारे नियगमन गर्ने निकाय बेखबर जस्तै छन । 

       यसरी स्थानीय पालिकाले सहकारीबाट कारोबार विवरण र मासिक प्रतिवेदन नमाग्दा जिल्लाको सहकारीको अवस्थाबारे जानकारी नहुनेभएकाले सहकारीको नियमअनुसामर सम्बन्धित निकायले सक्रियता बढाउनुपर्ने बताउनुहुन्छ, जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्मा । सहकारीको पारदर्शीता, जवाफदेहिता बनाउन नियमित अनुगमन आवश्यक छ, माग्नेले माग्नुपर्छ,पठाउनुपर्नेले पठाउनुपर्छ,शर्माले भन्नुभयो ।

        बचत तथा ऋण सहकारीको कार्यक्रम संचालन गरेका सहकारीहरुको छाता संङ्गठन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारीसंघले संघमा आवद्ध सहकारीको प्रतिबेदन सम्बन्धित निकायमा पठाएपनि अन्य सहकारीहरुले त्यसो नगरेको पाइएको छ । संघका दाङ फिल्ड संयोजक देवप्रसाद भट्टराईले दाङमा ८५ वटा सहकारीको मात्र कारोबार विवरण सम्बन्धित निकायमा पठाइएको बताउनुभयो । सहकारीको अवस्था थाहा पाउनपनि यो विवरण पठाउन आवश्यक छ,भट्टराइले भन्नुभयो ।

पालिकामा पुगेका फाइल खोलिएनन् :

        सहकारी डिभिजन कार्यालयलले सम्बन्धित स्थानीयपालिकामा सहकारीको फाइल पठाएपनि अहिले सम्म केही पालिकाले फाइल समेत खोल्न भ्याएका छैनन् । पालिकाले सहकारी शाखा हेर्ने कर्मचारी नभएका कारण आफुहरुले सहकारीको अनुगमन नियगमन गर्न नपाएको बताएका छन् । हाल सम्म हामीहरुले सहकारीको विषयगमा केही पनि गरेका छैनौ, कर्मचारी अभावका कारण समस्या भएको हो, छुट्टै शाखा स्थापना गरेर सहकारीको नियगगमन गछौ, राजपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेमन्त डाँगीले भन्नुभयो । 

        यस्तै दाङकै लमही नगरपालिकामा पनि अवस्था तेस्तै छ । लमही नगरपालिका कार्यक्षेत्र बनाएर दर्ता भएका ४२ वटा सहकारी रहेपनि केही सहकारीको अवस्था समेत जानकारी छैन । यस विषयमा लमही नगरपालिका प्रम्ख प्रशासकिय अधिकृत गहेन्द्र वहादुर डाँगीले सहकारी नियमसंङगत तरिकाबाटै संचालन भएको विश्वासको आधारमा फिल्डमा पुगेर अनुगमन नगरिएको बताउनुभयो । छुट्टै शाखा स्थापना छैन, उहाँहरुले पठाउनुपर्ने विवरण पठाउनु प¥यो,हामीहरु पनि ताकेता पनि गछौ, उहाँले भन्नुभयो ।   

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६