समाचार

संघद्वारा पूर्व अध्यक्ष राजभण्डारीलाई सम्मान



बुटवल, १२ फागुन । बुटवल उद्योग बाणिज्य संघले संघका पूर्व अध्यक्ष महेशकुमार राजभण्डारीलाई सम्मान गरेको छ । संघको ६७ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँलाई पूर्वमन्त्री तथा भारतका लागि पूर्व राजदुत दीपकुमार उपाध्यायले कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।संघको स्थापना दिवसको अवसरमा संघका पूर्व अध्यक्षहरु मध्येबाट १ जनालाई सम्मान गर्नेगरी यो वर्षदेखि पूर्व अध्यक्षलाई सम्मानको कार्यक्रम सुरु गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो । सोही अनुसार ६७ औं स्थापना दिवसको अवसरमा संघका पूर्वअध्यक्ष राजभण्डारीलाई सम्मान गरिएको हो । बुटवल उद्योग बाणिज्य संघको २००९ फागुन १० गते स्थापना भएको थियो ।

                          संघको स्थापना दिवसको अवसरमा तीन दिन बिशेष कार्यक्रम गरि मनाएको बुटवल उद्योग बाणिज्य संघले बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को स्त्री भवनमा ट्रष्ट निर्माणका लागि १६ लाख ७७ हजार २०३ रुपैंया प्रदान गरिएको छ । बुटवल उद्योग बाणिज्य संघ, आम्दा नेपाल र बुटवल उपमहानगरपालिका बिच त्रिपक्षीय समझदारीमा स्थापित उक्त अस्पतालको महिला भवनमा ट्रष्ट निर्माणकालागि संघको तर्फबाट ६० प्रतिशत तथा नगरपालिका र आम्दा नेपालका तर्फबाट २०÷२० प्रतिशत लागत योगदान गर्ने सहमति भए अनुसार उक्त रकम अस्पतालका निमित्त निर्देशक डा. केशवराज शर्मालाई हस्तान्तरण गरिएको हो ।त्यस्तैगरी सोही अस्पतालमा फोहोर व्यबस्थापनकालागि १० थान डष्टविन प्रदान गरिएको थियो । त्यस्तै बुटवल माध्यमिक बिद्यालयकालागि ८ थान सिलिङ् पंखा र बिद्यार्थीको खाजा खर्चकालागि नगद १० हजार रुपैंया बिद्यालयका प्रधानाध्यापक अकराह मुल्लाह खानलाई हस्तान्तरण गरिएको छ । त्यस्तै मानव सेवा आश्रम बुटवललाई ४ थान सिलिङ् पंखा प्रदान गरिएको थियो । उक्त पंखा आश्रमकी संयोजक सरु अधिकारीलाई हस्तान्तरण गरिएको हो । सोही अवसरमा संघको व्यबसायि हितकोषबाट पसलमा आगलागिबाट क्षती भएकोले संघका सदस्य व्यबसायी सिखा सर्जिकल एण्ड साईन्स हाउस बुटवल र एस बुटवल आउस बुटवललाई जनही १ लाख रुपैंया राहत रकम प्रदान गरिएको संघका कोषाध्यक्ष बिमलराज भट्टराईले जानकारी गराउनु भयो । 

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६