समाचार

कपिलवस्तुमा मातृभाषा संरक्षणमा जोड



कपिलवस्तु, १२ फागुन  ।  पहिलो बोलिने भाषा ‘मातृभाषा’ भएकाले यसको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राष्ट्रिय मदरसा सङ्घ नेपालद्वारा कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजित कार्यक्रमका सहभागि वक्ताले सस्कृति र परम्परालाई जीवन्त राख्न भाषा संरक्षण गर्न जोड दिए । कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साहले भाषा संरक्षणका क्रममा अवधि भाषालाई कामकाजीको भाषा बनाउने जानकारी दिनुभयो । राष्ट्रिय मदरसा सङ्घ नेपालका महासचिवसमेत रहनुभएका उहाँले मातृभाषालाई व्यवस्थित र संरक्षित गर्न नगरपालिकाले प्राथमिता दिएको बताउनुभयो । प्रदेश नं ५ सरकारद्वारा गठित मदरसा बोर्डका उपाध्यक्ष मशहुद खाँ मातृभाषा दिवसको ऐतिहासिक पृष्ठभूमि बारे उल्लेख गर्नुभयो । समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता अकरम पठानले राजनीतिक क्षेत्रमा क्रियाशील नेतृत्वले मातृभाषामा बोल्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३९ गुल्म हेक्वा कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशीलकुमार शाही, नगरपालिकाका सल्लाहकार तुफेल अहमद खाँ, वडा नं ३ वडाध्यक्ष सगीर अहमद खाँ, वडा नं २ का वडाध्यक्ष सञ्जयकुमार गुप्तालगायतले भाषा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय मदरसा सङ्घका राष्ट्रिय अध्यक्ष डा अब्दुल गनी अलकुफीले भाषा संरक्षणले मात्र सस्कृति बलियो हुने बताउनुभयो । 

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६