दाङ् १३ , फागुन । बलात्कार प्रयास आरोपमा निर्दोष साबित भएका पूर्वसभामुख कृष्णवहादुर महरालाई दाङमा सर्वसाधारणले भव्य स्वागत गरेका छन् । पार्टी कार्यकर्ता एवं शुभचिन्तकहरु समेतले महराको स्वागत गरेका थिए । दाङ प्रवेश गर्दा भालुवाङमा सर्वसाधारण, नेता कार्यकर्ताले बाजागाजा सहित स्वागत गरेका गरेका थिए । त्यसैगरी सिसहनियाँ र लमहीमा पनि नेता कार्यकर्ता सहित शुभचिन्तकहरुले फुलमाला लगाएर महराको भव्य स्वागत गरिएको थियो ।
लमहीमा महरा आउँदा लाइनमा बसेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ता र शुभचिन्तक हरुले फुलमाला सहित स्वागत गरेका हुन । स्वागत पछी पुर्व सभामुख महराले आफु सधै दङगाली र नेपाली जनतासंग जोडिएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । म सधै दङगाली र नेपाली जनताको भावनासंग जोडिएको छु, आगामी दिनमा पनि यहाँरुसंगै जोडिन चाहान्छु, महराले भन्नुभयो । आफु माथि लगाइएको आरोपको जित भएका कारण अहिले त्यतातिर नलाग्ने भन्दै यो जित नेपाली जनताको जित भएको बताउनुभयो ।
आफु नेपाली भएका कारणले राष्ट्रिय स्वतन्त्रता, सार्भभौमिकता र राष्ट्रियताको पक्षमा रहेको जानकारी दिदै पुर्व सभामुख महराले आफुलाई सो विषयमा कटिबद्ध भएर लाग्ने आर्सिवाद दिन आग्रह गर्नुभयो । मलाई स्वागत गर्दा खुसी लागेको छ, म नेपाली नागरिक हुँ नेपालको मायाँ गर्छु ,राष्ट्रिय स्वाधिनता,राष्ट्रिय स्वतन्त्रता र नेपालको सार्भभौम देशको रक्षा गर्ने दायित्व ठान्छु, तपाइहरु र्आिवाद दिनुस म तेही अनुसार लाग्छु, महराले भन्नुभयो । प्रतिनिधिसभा दाङ क्षेत्र नम्बर २ का साँसद समेत रहनु भएका महराले विकास निर्माण, जनताको समस्या र जन जीवकासंग सधै जोडिरहने प्रतिबद्धता जनाउनुभएको थियो ।
महरालाई स्वागत गर्न आयोजित कार्यको अध्यक्षता नेकपामा नेता तिलक केसीले गर्नुभएको थियो भने स्वागत कार्यक्रमको सहजीकरण नेकपा लमही नगर सचिव बसन्त शर्मा विक्रान्तले गर्नुभएको थियो । यसैगरी महरालाई निर्वाचन क्षेत्र घोराहीमा मतदाताले भव्य स्वागत गरेका छन् । बलत्कारको आरोपमा लागेका पुर्वसभामुख महरा काठमाण्डौ जिल्ला अदालतबाट सफाइ पाएपछि पहिलोपटक निर्वाचन क्षेत्र दाङ आउनु भएको हो । यस क्रममा उहाँले आफ्ना मतदातालाई भेटने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया