समाचार

बाल विवाहमुक्त गाउँपालिका बनाउने लक्ष्य



बाँके १३ फागुन । जानकी गाउँपालिका वडा नंं ६ लाई बालमैत्री वडा बनाउने एक कार्यक्रमका सहभागीले प्रतिबद्धता जनाएका छन् । लैगिंक मैत्री वातावरण निर्माण गर्नुका साथै बाल विवाह रोकथामका लागि विद्यालय ब्यवस्थापन समितिका सदस्य, विद्यार्थीहरु र अभिभावकलाई नीति नियम बारे अभिमुखीकरण दिईएको छ । श्री नेरामावि विद्यालय ब्यवस्थापन समिति पदाधिकारीले बाल विवाह अन्त्य गर्नका निर्णय गरि ब्यापक गाउँमा प्रचाप्रसार गर्ने प्रबिद्धता जनाएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामफेरन गडरियाले बताए  । त्यसैगरि प्रहरी चौकी, गनापुरका प्रमुख लिल बहादुर विकले बालविवाहको सूचना प्रहरीलाई पूर्व दिन समेत आग्रह गरे ।सो अभिभावक शिक्षाको  सहजीकरण  स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे गरेका थिए । स्याक नेपाल, बाँकेको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा सन्चालित बालविवाह रोकथाम परियोजना अन्तर्गत जानकी गाउँपालिकालाई बाल विवाहमुक्त गाउँपालिका बनाउने लक्ष्य राखेको छ । सोही अन्तर्गत जानकी गाउँपालिका सम्पुर्ण वडामा बालविवाह विरुद्धको अभियान सन्चालन भईरहेको छ ।

       अभिभावक शिक्षामा सहभागी श्री नेरामाविका प्राधानाध्यापक अयोध्याप्रसाद यादवले नेपालको काुनन सबैले मान्नु पर्ने बताए । साथै सानो उमेरमा विवाह गर्दा शारिरीक तथा मानसकिमा प्रभाव पर्ने बताउनुभयो । सोही वडाका अर्का सहभागी अभिभावक शिक्षक संघका अध्यक्ष सालिकराम हरिजनले वडा स्तरमा गएर सचेतना फैलाउनु पर्ने र नेपालको कानुन बारे स्थानीयहरुलाई ब्यापक जानकारी दिनु पर्ने आवश्यक रहेको बताए । बाल क्लबका अध्यक्ष श्वेता यादवले बालविवाह गर्दा कानुुनी कारवाहीमा जो कोही पनि पर्ने बताईन् । वडा नं।६ का वडा सदस्य रामनरेश मौर्यले नेपालको कानुन सबैले मान्नु पर्ने विचार राखेका थिए । सो अभिभावक शिक्षामा बाल विवाहका रोकथामका उपायहरु बारे अभिभावक तथा शिक्षक र विद्यार्थीहरुहरुलाई जानकारी दिईएको स्याक नेपालका सुपरभाईजर अर्मिला रोकायले बताईन् ।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६